फोटो पत्रकार गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

पाेखरा | भदौ २, २०८०

फोटो पत्रकार गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार


पोखरा:  अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ ।

 

विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो ।
 

फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

 

सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताए । 

 

उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

 

सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्